प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै अघोषित इजलास बहिष्कार गरिरहेका सर्वोच्च अदालतका तीनजना न्यायाधीश सोमवार मुद्दा सुनुवाइमा सहभागी भएका छन् । बन्दी प्रत्यक्षीकरणको रिट मात्र सुनुवाइ गर्ने बताएका न्यायाधीशहरूले जबराले आफ्ना लागिसमेत इजलास तोकेपछि बन्दीको रिटमा समेत सुनुवाइ नगर्ने बताएका थिए । तर, न्यायाधीशहरू कुमार चुँडाल, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मी इजलास फर्किएर मुद्दा…