गाउँभरी युवा जम्मा भएर बाबियोको खरबाट निर्माण गरिएका डोरीबाट पिङ निर्माण गर्ने चलन जाजरकोटमा विस्तारै हराउँदै गएको छ। बढ्दो आधुनिकता र सहरीकरणका कारण अधिकांश चलनहरू लोप हुँदै गएको जानकारहरू बताएका छन्। रुकुम पश्चिम, जाजरकोट र तल्लो डोल्पामा पिङ निर्माण गर्ने चलन हराउँदै गएको हो। पिपल, वर, भिमल र चिउरीको रुखको हाँगामा बाबियोको डोरी बाँधेर दसैं,…