प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कार्यशैली, कार्यक्षमता र नियतमाथि सडकमा प्रश्न उठ्न थाल्नुअघि नै सर्वोच्च अदालतका न्यायाधीशहरूबीच चर्चा चल्न थालेको थियो– ‘प्रधानन्यायाधीशले न्यायापालकाको गरिमा ध्वस्त पारे ।’ न्यायाधीशहरू भित्रभित्रै असन्तुष्ट भइरहँदा मन्त्रिपरिषद् विस्तारका क्रममा एक्कासि प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बनेको खबर सार्वजनिक भयो । तीन दिन बित्न नपाउँदै कोटामा नियुक्त भएका भनिएका मन्त्रीले राजीनामा दिए । मन्त्रीको राजीनामापछि…