नेपालमा हात्ती बचाउन तत्काल रणनीति र कार्यक्रम नबनाउने हो भने छिट्टै लोप हुन सक्ने विज्ञहरुले बताएका छन् । वासस्थान घट्दै जानु र आहारको कमीले हात्तीको संख्या घट्ने बताइएको छ। सँगै मान्छे र हात्तीबीच द्वन्द्व बढाउने पनि देखिएको छ। नेपालको तराई क्षेत्रमा रहेको सबै निकुञ्ज आरक्षमा हात्तीको वासस्थान र आवतजावत हुने गरेको पाइन्छ। एउटा हात्तीलाई कम्तिमा…