प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशहरुबीच अहिले छलफल भइरहेको छ । न्यायपालिकामा देखिएको समस्या र नेतृत्वमाथि उठेका प्रश्नमा आफ्नो धारणा राख्न असन्तुष्ट न्यायाधीशहरू प्रधानन्यायाधीश चेम्बरमा पुगेका हुन् । प्रधानन्यायाधीशले मार्ग प्रशस्त गर्नुपर्ने भन्दै न्यायाधीशहरू विद्रोहमा उत्रिएपछि सर्वोच्च अदालतको कामकारबाही प्रभावित भएको छ । इजलास बस्न सकेको छैन । सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले…