दाङ। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्येनजर गरी भौतिक पूर्वाधारबाट वञ्चित रहेका जिल्ला विकट स्थानका दुई अतिसंवेदनशील मतदानस्थलको दाङका मुख्य निर्वाचन अधिकृतसहितको टोलीले स्थलगत अवलोकन तथा निरीक्षण गरेको छ । मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितको नेतृत्वमा गएको तुलसीपुस्थित सुरक्षा निकायका प्रमुखसहितको टोलीले अतिसंवेदनशील बबई गाउँपालिका–१ भाङाबारीमा रहेको जनकल्याण आधारभूत विद्यालयमा रहेको मतदानस्थल…