काठमाडौं ।प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे छलफल गर्न बुधबार दिउँसो पदाधिकारी बैठक बोलाएको छ। कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकारले अकस्मात् ल्याएको अध्यादेशबारे शीर्ष नेता सम्मिलित बैठकमा छलफल गरिने जानकारी दिए।उक्त पार्टीका शीर्षस्थ नेताहरुले सरकारले अध्यादेश ल्याउनुलाई ‘सर्वसत्तावादी सोच’को संज्ञा दिँदै सामाजिक सञ्जालमार्फत आक्रोश जनाएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाले संसद् बैठक छलेर…