काठमाडौं ।राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरबार प्रवेश गर्ने कर्मचारीले तोकिएको पोशाक नलगाएको भन्दै चेकजाँच गरेको छ ।सतर्कता केन्द्रले बुधबार सिंहदरबारको पूर्वी द्वारमा कर्मचारीहरुले पोशाक लगाए नलगाएको सम्बन्धमा चेकजाँच गरेको हो । सतर्कता केन्द्रका प्रहरी नायब उपरीक्षक (डिएसपी) कृष्णप्रसाद अधिकारीले विहान ९ बजेदेखि नै चेकजाँच गरिएको बताए। अधिकांश कर्मचारीले पोशाक नलगाएको पाइएपछि सचेत गराउन चेकजाँच गरेको अधिकारीले…