काठमाडौं ।कलंकीमा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ६ वटा सवारी साधनमा क्षति भएको ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए।थानकोटबाट कलंकीतर्फ आउँदै गरेको मालबाहक ट्रकले ढुंगेअड्डामा एकैसाथ छ वटा सवारी साधनलाई ठक्कर दिएको हो।प्रदेश–२-०३-००१ ख १४२० नम्बरको ट्रकको ब्रेक फेल हुँदा अन्य सवारी साधनलाई ठक्कर दिएको प्रहरीको अनुमान…