काठमाडौं ।छठ पर्वको मुख्य दिन शुक्रबार बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको शुक्रबार मुख्य दिन हो । शनिबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ अन्त्य भएको छ ।विगत वर्षमा राजधानीको कमलपोखरी, नागपाखरी, गहनापोखरी, गुह्येश्वरी मन्दिर अघिको वाग्मतीबाट गौरीघाटसम्मको नदी किनारमा बेहुली झैँ सिँगारेर छठ घाट बनाइएको हुन्थ्यो ।…