काँधमा गाडी बोकेर राजधानी काठमाडौँ भित्र्याउने मध्येका एक जना जुक्त बहादुर वाइवाको निधन भएको छ। मकवानपुरको थाहा नगरपालिका ५ घर भएका ९२ बर्षीय वाइबाको गएराती निधन भएको हो।दमका रोगी वाइबाको केही साता अघि मात्रै काठमाडौँको बीर अस्पतालमा उपचार गरिएको थियो । अस्पतालबाट डिस्चार्ज भएर गाउँ फर्केका वाइबाको घरमै निधन भएको थाहा नगरपालिका ५ का वडा सदस्य चमेली वाइबाले जानकारी दिईन्। वाइबाको…