काठमाडौं । संघीय सरकारले स्थानीय तहले कार्यान्वय गर्ने नदी तथा सार्वजनिक क्षेत्रको सरसफाई सम्बन्धी कार्यविधि ल्याएको छ । शनिबार काठमाडौंमा आयोजित बागमती सफाई महाअभियानको ३ सय औं हप्ताको विशेष कार्यक्रममा प्रमुख अतिथि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कार्यविधिको विमोचन गरे ।बढ्दो शहरीकरण, अव्यवस्थित बस्ती विकास तथा सार्वजनिक स्थलको अक्रिमणबाट सडक, गल्ली तथा धार्मिक, सांस्कृति, प्राकृतिक एवं वातावरणीय…