काठमाडौँझापाको बिर्तामोडस्थित पूर्णटुङ बिर्तासिटी अस्पतालमा उपचारको क्रममा बालकको मृत्यु भएपछि पीडित परिवार र अस्पताल प्रशासनबीच सोमबार दुई बुँदे सहमति भएको छ ।अस्पतालमा आइतबार मेचीनगर नगरपालिका–५ चारआलीका उमङ्ग राजवंशीका अढाइ वर्षीय छोरा जेनिसको मृत्यु भएको थियो । अस्पतालमा उपचारका क्रममा लापर्वाही भएकाले बालकको मृत्यु भएको भन्दै आइतबार राति बालकका आफन्तले तोडफोड गरेका थिए ।बालकको मृत्युपछि अस्पतालमा…