चित्लाङ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको उत्कृष्ट रचनामध्ये एक हो ‘यात्री’ कविता । फूलप्रसाद लिएर मन्दिर दर्शन गर्न हिँडेका यात्रीको परिवेशलाई सो कवितामा मूल विषयवस्तु बनाइएको छ । आफू पनि यात्राकै क्रममा रहनुभएका महाकविले ‘यात्री’ कविता रचना गरेको मकवानपुरको चित्लाङमा यसका बारेमा व्यापक चर्चा हुने गरेको छ ।वरिष्ठ पत्रकार भैरब रिसालले महाकवि देवकोटा तत्कालीन रोयल नेपाल…