काठमाडौँदार्चुला र बझाङबाट चीनको स्वशासित क्षेत्र तिब्बत जोड्ने सडक निर्माण सुस्त गतिमा भइरहेको छ । आर्थिक वर्ष २०६५/२०६६ मा चार वर्षमै निर्माण सक्नेगरी सुरु गरेको दार्चुला सदरमुकाम खलंगादेखि तिंकर भन्ज्याङसम्मको एक सय ३५ किलोमिटर सडक खण्ड निर्माण वर्षौंदेखि कछुवा गतिमै छ । अहिलेसम्म यो सडकको ४० किलोमिटर मात्रै ट्र्याक खोलिएको छ ।त्यस्तै २०६८ सालदेखि नेपाल…