काठमाडौँनेपालले म्यानमारको मानवअधिकारको अवस्थाबारे संयुक्त राष्ट्रसंघ (युएन) को प्रस्तावमा मतदान गर्न बहिष्कार गरेको छ । न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघीय महासभाको तेस्रो कमिटीमा नेपालले म्यानमारको मानवअधिकार अवस्थाबारे मतदान गर्न बहिष्कार गरेको हो ।म्यानमारमा मानवअधिकारको अवस्थाबारे राष्ट्रसंघको प्रस्तावमा शुक्रबार मतदान भएको थियो । मतदान नेपालसहित २६ मुलुकले बहिष्कार गरेका छन् । परराष्ट्र मन्त्रालय उच्च स्रोतले भन्यो, ‘कुनै…