काठमाडौं ।पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठलाई सत्ताको तुजुक नदेखाउन चेतावनी दिएका छन् ।नेता भट्टराईले बुधबार बेलुका सामाजिक सञ्जालमार्फत भनेका छन् ‘बूढीगण्डकी, एनसेल, वाइडबडी, सुरक्षा प्रिन्टिङ, यति, ओम्नी लगायत सबै ठूला भ्रष्टाचार काण्डको छानबिन र दण्डसजाय गर्न अधिकार सम्पन्न जनलोकपाल गठन गरौँ । सबै उच्च पदासिनहरुको सम्पत्ति छानबिन गरौँ ।…