वन तथा वातावरण मन्त्रालयले विभिन्न प्रजातिका ७०० बिरुवा वितरण गरेर ‘एक घर, दुई बिरुवा’ अभियान शुरु गरेको छ । विश्व वातावरण दिवसको पूर्वसन्ध्यामा साताव्यापी कार्यक्रमअन्तर्गत आज तेस्रो दिन वन विभागले निजी घरमा वृक्षरोपणका लागि काठमाडौँको बुद्धनगरका स्थानीयवासीलाई सो बिरुवा वितरण गरेको हो । विभागले बुद्धनगर टोलसुधार समितिमार्फत धुपी, तेजपात, अम्बा, काइयोलगायत प्रजातिका बिरुवा वितरण गरेको विभागले जनाएको…