काठमाडौँरोजगारीका लागि विदेश जाने नेपाली युवाको संख्या बढिरहेका बेला रोजगारीका लागि नेपालमा आउने विदेशी कामदारको संख्या पनि बढ्दो क्रममा छ । नेपालमा अनौपचारिक, औपचारिक एवं स्वरोजगारको क्षेत्रमा रोजगारीका लागि श्रम स्वीकृति लिन आवेदन दिने गैरनेपाली नागरिकको संख्या अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा बढेको पाइएको छ । यो संख्या विगत ४ वर्षमा दोब्बरले बढेको छ…