काठमाडौंआरोही कामीरिता शेर्पाले सर्वोच्च शिखर सगरमाथामा २२ पटक आरोहण गरि विश्व कीर्तिमान कायम गरेका छन् । शेर्पाले बुधबार विहान सगरमाथाको सफल आरोहण गरेका हुन् । ४८ वर्षीय शेर्पाले यसअघि २१ अौं पटक आरोहणको आफ्नै कीर्तिमान तोडेका छन् । २१ पटक सगरमाथाको आरोहण गर्नेमा तीन जना थिए । कामीरिता सहित आपा शेर्पा र फुर्वा टाशी शेर्पाको…