भक्तपुरप्रदेश नं ३ का प्रदेशसभा सदस्य हरिशरण लामिछानेको स्वास्थ्य अवस्था गम्भीर भएको छ । रारा क्षेत्रको भ्रमण सकेर शनिबार साँझ मात्रै घर फर्किएका लामिछानेलाई आइतबार मष्तिस्काघात (ब्रेन ह्यामरेज) भएको हो ।चाँगुनारायण नगरपालिका–६ तेलकोट निवासी लामिछानेलाई आइतबार अचानक ब्रेन ह्यामरेज भएपछि उनको अवस्था गम्भीर भएको नेकपा (एमाले) जिल्ला कमिटी भक्तपुरका सदस्य एवं स्थानीयवासी निरञ्जन बजगाईंले जानकारी…