धनगढीबालिका र किशोरी माथी बलात्कारका घटना डरलाग्दो गरी बढ्दै गइरहेको भन्दै यो रोक्न बलात्कारीलाई मृत्युदण्ड दिने कानुनी व्यवस्था गरिनु पर्ने अवाज संसदमा उठेको छ । शुक्रवार प्रदेशसभा ७ को बैठकमा प्रदेश सरकारको प्रस्तुत नीति तथा कार्यक्रम माथीको छलफलमा बोल्दै प्रदेश सभा सदस्य मना कुमारी साँउदले बलात्कारमा संलग्न हुनेलाई निरुत्साहित पार्ने कानुनी कारवाहीको अभावले समाजमा दिनानु…