रोल्पा नगरपालिकाले नगर क्षेत्रभित्रका विद्यालयमा स्थानीय अंशसमेत समावेश गरी पाठ्यक्रम तयार गरी लागू गर्ने भएको छ । नगर क्षेत्रभित्रका कक्षा १ देखि ५ सम्मका विद्यालयमा स्थानीय वातावरण सुहाउँदो पूर्ण सरसफाइ, कला संस्कृति, जीवन उपयोगी सीप र कृषिजस्ता पक्षलाई समेटेर पाठ्यक्रम तयार गर्न लागिएको नगर शिक्षा समितिले जनाएको छ । नगरपालिकाभित्रको शिक्षालाई गुणस्तरीय र व्यावहारिक बनाउन स्थानीय विषयवस्तु…