खोटाङसंस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले मुलुकको भ्रष्टाचारलाई शून्यमा झार्ने वर्तमान सरकारको प्रमुख जिम्मेवारी भएको बताएका छन् । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेलस्थित धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीमा आयोजना गरिएको धार्मिक तथा पर्यटकीय महोत्सव बिहिबार उद्घाटन गर्दै मन्त्री अधिकारीले वर्तमान सरकारको प्रमुख जिम्मेवारी लोकतन्त्रलाई संस्थागत गर्दै देशमा शुसासन कायम गर्ने रहेको बताएका हुन्…