प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टसँग बिहीबार नेपालका लागि भारतीय राजदूत मञ्जिबसिं पुरीले शिष्टाचार भेट गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढीमा भएको भेटमा मुख्यमन्त्री र भारतीय राजदूतबीच गौरीफंटा र झुलाघाट नाकाको स्तरोन्नतिको विषयमा छलफल भएको जनाइएको छ । प्रदेश नं ७ लाई भारतसँग जोड्ने यी पुराना नाका भए पनि स्तरोन्नति हुन सकेका छैनन् ।…