स्थानीय नागरिक दबाब अभियानको तर्फबाट काष्ठमाण्डप पुनःनिर्माणका लागि काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई ज्ञापनपत्र बुझाइएको छ । नागरिक दबाबका लागि अभियानको तर्फबाट संयोजक भगवती जोशीले प्रमुख शाक्यलाई आज छबुँदे ध्यानाकर्षणसहितको ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा भनिएको छ, “ऐतिहासिक तथा गौरवको आधारस्तम्भका रुपमा रहेको काष्ठमण्डपलगायतका महत्वपूर्ण सम्पदाको पुनःनिर्माणको सवालमा महानगरको तर्फबाट ढिलासुस्ती भएको भन्दै तत्काल सम्बोधन गर्न माग…