काठमाडौँनेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध माथि धोका दिएको आरोप लगाएका छन् । हिजो २३ औं ‘जनयुद्ध दिवस’ का अवसरमा वैद्यले यस्तो आरोप लगाएका हुन् ।‘१० वर्ष सम्म सञ्चालित जनयुद्ध राष्ट्रिय राजनीतिका सबै क्षेत्रमा उथलपुथल पैदा गर्दै तथा विश्वमा पनि आफ्नो प्रभाव फैलाउँदै एउटा उत्कर्षमा पुग्दै थियो,’…