निजी सुरक्षाकर्मीलाई कोरोना देखिएपछि उर्जामन्त्री होम आइसोलेसनमा

काठमाडौं ।निजी सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएपछि उर्जामन्त्री वर्षमान पुन पाँच दिनका लागि होम आइसोलेसनमा बसेका छन् ।मन्त्री पुन लगायत सबै परिवार नै होम आइसोलेसनमा बसेका छन् । मन्त्री र पूर्व सभामुखको परिवारका सदस्य, निजी सचिवालयका सदस्य, ड्राइभर र सुरक्षाकर्मीसहित ३० जनाको परीक्षण गर्दा एक जना सुरक्षाकर्मीलाई कोरोना पोजेटिभ देखिएको थियो ।नेपाल समाचारपत्रबाट

Logo