भीमदत्तनगर ।महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत कञ्चनपुरमा चालू आवमा थप १५ किलोमिटर नहर निर्माणको तयारी हुँदैछ । महाकाली सिँचाइ आयोजना तेस्रो चरणको कार्यालय भीमदत्तनगरले हालै १५ किलोमिटर नहर निर्माणका लागि निर्माण कम्पनीलाई ठेक्का दिएको छ । पन्ध्र किलोमिटर मूल नहर निर्माणका लागि तीनवटा समूहमा ठेक्का दिइएको छ । आगामी चैत महिनादेखि नै नहर निर्माणको काम शुरु हुने…