केन्द्रबिन्दु विशेष संवाददाता ।झण्डै ३० बर्षअघि सुदुर पश्चिम नेपालको एउटा गाउँबाट बेपत्ता भएर डेढ बर्षअघि मात्रै पाकिस्तानको बलुचिस्तान प्रान्तमा भेटिएका एक नेपाली १४ महिनासम्म स्थानीय कारागारमा थुनामा परेर एक साताअघि थुनामुक्त भएका छन् ।आफूलाई बैतडी, हटैराज–२ मुलघर भएको नरेन्द्रबहादुर चन्द भनेर चिनाउँदै झण्डै दुई बर्षअघि फेसबुकमार्फत घर फर्कन चाहेको बताएर सार्वजनिक आह्वान गरेलगत्तै सुरक्षा निगरानीमा…