केन्द्रबिन्दु सम्बाददाता काठमाडौँ, २९ पुस । अनसन बसेको छैठौ दिन डा. गोविन्द केसीले अनशन तोडेका छन् । सरकारसँग शुक्रबार राति भएको पाँचबुँदे सहमतिपछि केसीले आफ्नो अनशन तोडेका हुन् । त्रिवि शिक्षण अस्पतालको अगाडि जुत्ता सिउँदै आएका सिरहाका नथुनिया मोचीले केसीलाई जुस पिलाई अनशन तोडाएका हुन् । चिकित्सा शिक्षा आयोग एक साताभित्रमा गठन गर्ने, सर्वोच्च अदालतको आदेश अनुसार आइओएमका डीनमा जगदीशप्रसाद अग्रवालको…