काठमाडौँ, १५ असार ।प्रधानमन्त्री शेरबहादुर देउवाले धान दिवसका अवसरमा नेपाली नागरिक तथा कृषक दाजुभाइ दिदीबहिनीलाई शुभकामना दिएका छन् ।कृषि विकासमन्त्रीको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री देउवाले आज शुभकामना सन्देश जारी गर्दै यस महोत्सवलाई सभ्य, भव्य र उल्लासपूर्वक मनाई नेपालमा धान संस्कृतिको जगेर्नामा हातेमालो गर्न आग्रह गरेका छन् ।धानबालीका विभिन्न पक्षलाई उजागर गर्दै यस वर्ष ‘दुई बाली…