भीमदत्तनगर, १४ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो गृहनगर डडेंल्धुराको गन्यापधुरा गाउँपालकिा वडा नम्बर १ रुवाखोलास्थित असिग्राम उच्च माविको मतदान केन्द्रबाट मत खसाल्नु भएको छ।दुई दशकपछि आज हुन लागेको स्थानीय तहको दोस्रो चरणको निर्वाचन सुदूरपश्चिमभर शान्तिपूर्ण वातावरणमा भइरहेको छ । बिहान भएको वर्षाका कारण केहीबेर कैलाली र कञ्चनपुरमा सामान्य प्रभावित बने पनि मतदान गर्न हौसिएका…