चितवन ।पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । यस सडकखण्ड अन्तर्गत शनिबार साँझ चितवनको इच्छाकामना–६ स्थित चोरखोलामा सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो ।अहिले पनि पहिरो झर्ने क्रम जारी रहेकाले पहिरो हटाउने काम शुरु गर्न नसकिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरो हटाउने उपकरण पहिरोस्थलमा तयारी अवस्थामा रहेको कार्यालयका प्रमुख…