७ वटा अस्पतालले उपचार गर्न मानेन, चहार्दाचहार्दै ज्यान गुम्यो, मृत्युपछि कोरोना पोजिटिभ 

मृत्यु आफैमा दु:खद हुन्छ तर कतिपय मृत्यु निकै दुखदायी हुने गर्छ । वीरगन्जकी २० वर्षीया एक महिलाले यसरी नै ज्यान गुमाइन् ।वीरगन्ज महानगरपालिका–२ छपकैयाकी उनको शुक्रबार राति एक्कासि श्वासप्रश्वासमा समस्या देखिएपछि परिवारले रिक्सामा राखेर उनलाई अस्पताल पुर्‍याएका थिए ।सुरुमा उनलाई आदर्शनगरस्थित एड्भान्स मेडिकेयर हस्पिटल पुर्‍याइयो । त्यहाँ भर्ना लिन नमानेपछि  नारायणी अस्थायी कोरोना (गण्डक) अस्पताल…

Logo