मकवानपुर ।राष्ट्रिय जनगणना २०७८ को पूर्वतयारी अन्तर्गत मकवानपुरमा ‘नमुना जनगणना’ शुरु भएको छ । गत चैतमा सम्पन्न हुनुपर्ने सो काम कोभिड–१९ का कारण जारी लकडाउनले गर्दा तीनमहिना ढिलो गरी अहिले शुरु गरिएको यहाँस्थित तथ्याङ्क विभागका तथ्याङ्क अधिकृत राजेश दासले जानकारी दिए ।सो कार्यका लागि भौतिक दूरी कायम गरी कर्मचारी, गणक र सुपरीवेक्षक खटाइएको उनको भनाइ…