चीनले नेपाली भू-भाग अतिक्रमण गरेको समाचारप्रति सरकारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नेपाली भू-भाग चीनले अतिक्रमण गरेको समाचार प्रकाशित भएपछि मन्त्रालयले त्यसबारे औपचारिक प्रतिक्रिया दिएको हो।परराष्ट्र मन्त्रालयले बिहीवार विज्ञप्ति सार्वजनिक गर्दै नेपाल-चीन सीमा निर्धारण सन १९६१ अक्टुबर ५ को सन्धि अनुसार भएको र त्यसमा दुवै पक्षले हस्ताक्षर समेत गरेको जनाएको छ।कृषी तथा पशुपंक्षी मन्त्रालयको रिपोर्टलाई…