धादिङ ।कोभिड–१९ को महामारीबाट बचाउन गरिएको लामो बन्दाबन्दी (लकडाउन) पछि घर हिँडेका मजदुरलाई धादिङका स्थानीय सरकार र सामाजिक कार्यकर्ताले खाना र खाजा खुवाएर घरतर्फ पठाउन थालेका छन् ।धादिङका विभिन्न स्थान लगायत काठमाडौं, ललितपुर, भक्तपुरबाट आफ्नो घर देशका विभिन्न स्थानमा जानका लागि हिँडेका मजदुर समस्यामा परेको देखेपछि राजमार्गमा कार्यालय रहेका स्थानीय तहको सरकार र सामाजिक अभियानकर्मीको…