काठमाडौं । हिउँ चितुवाको संरक्षणका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित आज ११औँ अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवस मनाइँदै छ । नेपालसहित विश्वका १२ देशमा मात्र पाइने हिउँ चितुवा स्वच्छ हिमाली पर्यावरणको सूचकका रुपमा लिइने भएका कारण वन तथा वातावरण मन्त्रालयले आज विभिन्न कार्यक्रमको आयोजना गरेर ११औँ अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवस मनाएको छ । राष्ट्रिय निकुञ्ज तथा…