नेपालले एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिता -२०२४ को फाइनलमा पुग्न घरेलु टोली मलेसियालाई चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा मलेसियाको क्वालालाम्पुरमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११५ रन जोडेको हो । नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक २९ रन जोडिन् । साथै डली…