काठमाडौं ।आज बसेको न्याय परिषदको बैठकले ५ न्यायाधीशको सरुवा गरेकाे छ । बैठकले भोजपुर जिल्ला अदालतका न्यायाधीश खिलनाथ रेग्मीलाई बारा जिल्ला अदालतमा सरुवा गरेको छ भने सोलुखुम्बुका न्यायाधीश अमृतबहादुर बस्नेतलाई झापा जिल्ला अदालतमा सरुवा गरेको छ। त्यसैगरी नवलपुर जिल्ला अदालतका न्यायाधीश अम्विकाप्रसाद निरौलालाई काठमाडौं जिल्ला अदालत सरुवा गरेको छ। दोलखा जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्कालाई…