काठमाडौं,पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनको आरोप लागेका सञ्चारकर्मी रवि लामिछानेले विदेश जाँदा अदालतको अनुमति लिनु नपर्ने भएको छ । चितवन जिल्ला अदालतले अन्तिम फैसला नभएसम्म अदालतको अनुमतिविना विदेश जान रोक लगाएकोमा उच्च अदालत पाटनको हेटौंडा इजलासले विदेश जान अदालतको अनुमति नचाहिने आदेश सुनाएको छ ।यस बाहेकका अन्य आदेश भने जिल्ला अदालतकै सदर गरेको छ ।…