नुवाकोटको बट्टारबजारमा बसले किच्दा एक बालकको मृत्यु भएको छ ।तारकेश्वर गाउँपालिका–६, गोर्स्याङ घर भएका प्रताप तामाङका ६ वर्षीय छोरा युनिक तामाङको बुधबार दिउँसो केरुङ यातायातको बा४ख ७५०४ नम्बरको बसले किच्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।बालकको घटनास्थलमै ज्यान गएपछि आक्रोशित स्थानीयले चालकलाई सख्त घाइते हुनेगरी कुटेका छन् भने बस तोडफोड भएको छ ।…