मकवानपुर,प्रदेश ३ सरकारले विषादी अवशेष परीक्षण प्रयोगशालाको उद्घाटन गरी सञ्चालनमा ल्याएको छ । सोमबार हेटौंडा औद्योगिक क्षेत्रस्थित माटो परीक्षण प्रयोगशालामै विषादी अवशेष परीक्षण प्रयोगशालाको प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरे ।हेटौंडामा जस्तै ललितपुर, नुवाकोट, काभ्रे र चितवनको कृषि ज्ञान केन्द्रमा प्रयोगशाला स्थापना गर्न आवश्यक उपकरण र सामाग्री हस्तान्तरण गरिएको छ । पाँच स्थानका लागि एक…