इनरुवा,सुनसरीको धरानपछि इनरुवामा पनि डेङ्गुको संक्रमण बढेको छ । जिल्ला सदरमुकाम इनरुवामा डेङ्गु सङ्क्रमित बिरामीको सख्या ह्वात्तै बढेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।केही साता अघि देखा परेको डेङ्गु नियन्त्रणमा आएको बताइरहँदा पछिल्लो पटक इनरुवामा एकसाथ ११ जना डेङ्गु सङ्क्रमित बिरामी फेला परेका छन् । इनरुवा नगरपालिकाको कार्यालयले नगरभित्र ११ जनामा डेङ्गुको सङ्क्रमण पाइएको पुष्टि गरेको छ…