महोत्तरी ।महोत्तरी जिल्लाबाट बुधबारदेखि राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रम शुरु भएको छ ।प्रमुख जिल्ला अधिकारी केशव विमलीले आज जिल्लाका ज्येष्ठ नागरिक नेपाल पत्रकार महासङ्घ महोत्तरीका पूर्वअध्यक्ष एवं तत्कालीन मटिहानी गाउँ विकास समितिका अध्यक्ष ८६ वर्षीय पत्रकार विन्देश्वरीप्रसाद मण्डललाई परिचयपत्र वितरण गरी कार्यक्रमको शुभारम्भ गरेका हुन्।नेपाल पत्रकार महासङ्घ महोत्तरीका अध्यक्ष कमलेश मण्डललगायत जिल्लाका अन्य व्यक्तित्वहरुलाई पनि आजै…