काठमाडौं । गृहमन्त्री रमेश लेखकले संघीयताबाट पछाडी फर्कने विषयले मुलुकलाई अन्धकार तर्फ लैजाने बताएका छन् । बुधबार राज्य व्यवस्था तथा सुशासन समितिमा भएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । गणतन्त्र, संघीयता र समावेशिताबाट पछाडी फर्कने विषयले मुलुकलाई फेरि अन्धकार तिर लैजाने बताउँदै…