काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा काठमाडौंको टुँडिखेल आसपास कार्यक्रम गर्न अनुमति पाएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंका अनुसार एमालेले टुँडिखेल आसपासका सुन्धारा, भृकुटीमण्डप, रत्नपार्क लगायतका क्षेत्रका सांस्कृतिक कार्यक्रमहरू गर्न अनुमति पाएको हो । एमालेले गणतन्त्र दिवसका अवसरमा आयोजना गर्ने उत्सवलाई सफल पार्न पार्टीका शीर्षनेताहरुको जिम्मेवारी बाँडफाँड गरिसकेको…