काठमाडौं । रास्वपा सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा आदेश आउनुअघि सर्वोच्च अदालत बाहिर उनका समर्थक, रास्वपा कार्यकर्ताको बाक्लो उपस्थिति देखिएको छ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई एक करोड धरौटीमा रिहा गरेको थियो । उक्त बेरितको आदेश बदर गर्न माग गर्दै लामिछाने र सरकारी वकिल उच्च अदालत पुगेका थिए ।…