रघुजी पन्तलाई शिक्षामन्त्री बनाउने तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेका नेता रघुजी पन्तलाई शिक्षामन्त्रीको जिम्मेवारी दिने तयारी गरेका छन् । आइतबार विद्या भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको पदमा पन्तलाई नियुक्त गर्ने तयारी भएको हो । उनको शपथ भोलि गराउने तयारी छ । पन्त एमालेका समानुपातिक सांसद हुन् ।

Logo